हाम्रो डुवर्समा प्रतिभाको कुनै कमी छैन,उचित मौका पाए हाम्रो ठाउँले देशको नाम रोशन गर्नेछ-आदित्य थापा
दलसिंहपाड़ाः दलसिंहपाड़ाका युवा फुटबल खेलाड़ी आदित्य थापा राष्ट्रिय स्तरको फुटबल खेल सन्तोष ट्रफी जितेर घर फर्केका छन्। तिनलाई दलसिंहपाड़ा स्पोर्ट्स एकाडमी खेलमैदानमा अभिनन्दन गरेका थिए। आदित्य थापा दलसिंहपाड़ा निवासी उत्तम थापा र रीना लिम्बु थापाका छोरा हुन्। जसले आज आफ्नो खेलको दममा राष्ट्रिय स्तरको खेलमा सामेल भएर जित हासिल गरी घर फर्केका छन्। दलसिंहपाड़ा स्पोर्ट्स एकाडमी साथै स्थानीय मानिसहरूले तिनलाई सम्मान जनाएका थिए। यस अवसरमा दलसिंहपाड़ा ग्राम पञ्चायतका उपप्रधान दिलीप थापा, दलसिंहपाड़ा समाजसेवी गणेश आले,पञ्चायत समितिका भाइस चेयरमेन नितु राना,दलसिंहपाड़ा स्पोर्ट्स एकाडमीका कोच बिमल मुखिया आदिको उपस्थिति रहेको थियो।

यस अवसरमा आदित्य थापाले भने, आज म यहॉंसम्म पुगेर सम्मान पाउँदा धेरै खुशी लागिरहेछ। यसको श्रेय बाबा उत्तम थापालाई दिन चाहे। हाम्रो डुवर्समा प्रतिभाको कुनै कमी छैन,उचित मौका पाए हाम्रो ठाउँले देशको नाम रोशन गर्नेछ। दलसिंहपाड़ा समाजसेवी गणेश आलेले भने, हाम्रो ठाउँको युवा राष्ट्रिय स्तरको खेलमा सामेल भएको र विजय हासिल गरेर आएकोमा धेरै खुसी व्यक्त गरे। आदित्य थापाका बाबा उत्तम थापाले राष्ट्रिय स्तरको फुटबल खेल जितेर आएकोमा खुसी व्यक्त गर्दै पश्चिम बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीलाई छोरालाई यसरी उसको प्रतिभाको उचित मूल्याङ्कन गर्दै ए.एस.आई.पदको उपाधिले सम्मान गरेकोमा विशेष धन्यवाद व्यक्त गरेका छन्।
याे पनि हेर्नुस्
