बङ्गला फिल्म “लुकोचोरी” प्रिमियर शो को निमन्त्रणामा बिक्रम राई काेलकत्तामा

हिन्दी वेभ सिरिज सिटोङ्गको बिभिन्न स्थानहरूमा सुटिङ् हुने


काेलकत्ता : बलिउड निर्देशक शिलादित्य मौलिकको निर्देशनमा हुन गइरहेको बङ्गला फिल्म लुकोचोरीको प्रिमियर शो 22 मार्च कलकत्ताको सिनेमा घरमा एक भव्य कार्यक्रम बिच सम्पन्न भए,उक्त कार्यक्रमको निमन्त्रणामा भाग लिन दुई दिन अघाडी नै बिक्रम राई कलकत्ता प्रस्थान भएका थिए। कलकत्ता पुगेर राईले पहाड र आफ्नाे क्षेत्रबाट काेलकत्ताको बिभिन्न अस्पतालहरूमा उपचार चलिरहेको बिमारीहरू र अभिभावकहरूसित भेटघाट गरे भने पहाडबाट गएका बिमारीहरूले काेलकत्ताको सरकारी अस्पतालहरूमा भर्ना पाउनु र अन्य उपचारहरूको निम्ति धेरै भन्दा धेरै समस्याहरू भोग्न परिरहेको बिषयहरूलाई लिएर पहाडको बिमारीहरूको निम्ति काेलकत्तामा पनि एउटा छुट्टै हेल्प डेक्स राखिदिने अनुरोधमा पश्चिम बङ्गल सरकारको मुख्य स्वास्थ्य सचिवलाई भेटघाट गरी एक मेमोरेन्डम पत्र दिए भने मुख्य स्वास्थ्य सचिवले काेलकत्ताको अस्पतालहरूमा निष्क्रिय रहेको सहायता केन्द्रहरूलाई पुन सक्रिय बनाउन तर्फ लैजान साथै पहाडको निमित्त छुट्टै हेल्प डेक्स बिषयमा पनि सोच्ने आश्वासन दिएको राईले जनाए ।

बङ्गला फिल्म "लुकोचोरी" प्रिमियर शो को निमन्त्रणामा बिक्रम राई
बङ्गला फिल्म “लुकोचोरी” प्रिमियर शो को निमन्त्रणामा बिक्रम राई

यसरी नै काेलकत्ताको सरकारी अस्पतालहरूमा पहाडको बिमारीहरूले भोगिरहेको समस्याहरूलाई लिएर जोइन सेक्रेटरी बन्शिखा देवसित चर्चा परिचर्चा गर्दै एक मेमोरेन्डम पत्र दिएको पनि राईले जनाए। यसरी प्रिमियर शो सँग सँगै अन्याय कार्यक्रम लिएर सात दिनको काेलकत्ता भ्रमणमा रहेका बिक्रम राईले टलिहुटका सम्पूर्ण टोलीलाई बधाई दिदै यसरी आफ्नो अनुरोधमा हाम्रो क्षेत्रमा फिल्म शुटिङ गर्दै स्थानीय कलाकारहरूलाई मौका दिएकोमा घन्यबाद दिएका छन्। भविष्यमा पनि टलिहुट र बलिहुटमा हाम्रो क्षेत्रको अब्बल कलाकारहरूलाई पनि मौका दिने आफ्नो अनुरोधलाई उक्त टोलीले स्विकार गरिदिएकोमा खुशी व्यक्त गरेका छन् भने अब सिटोङ्गमा पुन: एउटा हिन्दी वेभ सिरिज जो सिमलामा सुटिङको निम्ति तयार भइरहेको वेभ सिरिज अब सिटोङ्गको बिभिन्न स्थानहरूमा गरिने पनि आजको निर्माता पार्थ पीसितको भेटघाटमा तय भएको पनि राईले जनाए ।

 बिक्रम राई
बिक्रम राई

सिटोङ्ग फिल्म प्रड्क्शनले निर्माण गरेको अडियो भिडियो लोकार्पण कार्यक्रम सिलिगुडीमा 11 अप्रेलको दिन टलिहुटका एक्टर र निर्देशकहरू आफ्नो निमन्त्रणामा आईरहेको पनि राईले जनाए । यसरी बिभिन्न तहमा व्यक्ति बिशेषहरू सँग भेटघाट गरी चाडै घर फर्कने बिक्रम राईले जनाएका छन।

याे पनि हेरनुस्

Leave a comment