सिलगढ़ी: सिलगढ़ीको एउटा होटलमा ‘डुवर्सेली गोर्खा भवन’ निर्माण हेतु एउटा कार्यकारणी कमिटी गठनलाई लिएर एउटा सभा सम्पन्न भयो। उक्त सभा सघन मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो भने सभामा डुवर्स, सिलगढीका मानिसहरूको व्यापक उपस्थिति रहेको थियो।
गत् एक महिना अघिदेखि भवन निर्माण सम्बन्धी विषयलाई लिएर सिलगढ़ीमा बैठक चलिरहेको थियो। अनन्त डुवर्सेली अग्रज, शुभचिन्तक अनि मित्रगणको छलफलपछि सिलगढ़ी शहरको मुटुमा एउटा भव्य डुवर्सेली भवन बनिने तय भएको थियो। आजको सभामा डुवर्सेली गोर्खा भवनको कार्यकारीणी समिति गठन गरियो । जसमा सभापति दावा बम्जन, उप-सभापति किरणकुमार लामा, दिनेश विश्वकर्मा अनि अजय थापा रहेका छन् भने महासचिव -प्रभात थापा मंगर, सचिव सुर्वणा छेत्री, कोषाध्यक्ष पुरणकुमार भुजेल लगायत पूर्व डुवर्स, मध्य डुवर्स, पश्चिम डुवर्स अनि सिलगढीका कुल पच्चिस जना कार्यकारी समितिमा चयन गरिएको जानकारी डुवर्सेली गोर्खा भवनका नव नियुक्त महासचिव प्रभात थापा मंगरद्वारा एउटा प्रेस विज्ञप्ती मार्फत जनाएका छन्।