मुख्यमन्त्रीको कार्यक्रम लिएर प्रस्तुति सभा
कालचिनीः मुख्यमन्त्री ममता ब्यानर्जीको आगामी २३ जनवरीको दिन कालचिनी खण्डको सुभाषिनी मैदानमा सम्पन्न हुने पब्लिक डिस्ट्रीब्यूशन कार्यक्रमलाई लिएर शनिबार कालचिनीस्थित सावित्री धर्मशालामा तृणमूल कालचिनी ब्लकस्तरीय सभा सम्पन्न भएको जानकारी तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले दिएका छन्। शनिबार अपरान्ह सम्पन्न सो सभामा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान गंगा प्रसाद शर्मालगायत अन्यान्य जिल्ला नेतृत्व अनि कालचिनी खण्डको तृणमूल, युवा, महिला र विद्यार्थी सङ्गठनका नेता प्रतिनिधि एवम् बुथ अनिअञ्चलका नेता प्रतिनिधिगणको बाक्लो उपस्थिति रहेको थियो।
सभामा मुख्यमन्त्री सभामा अञ्चलहरूबाट समर्थकहरूलाई लिएर समावेश गर्न सबै तप्काका नेताहरूलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ भने सरकारी योजनाको लाभार्थीहरूमा वितरणलाई ध्यानमा राखेर बुथ कमिटीहरूलाई सक्रिय बनाएर प्रचार प्रसारमा ध्यान दिइने उपस्थित नेताहरूले आह्वान गरेको थियो।
सभामा सबै बुथ र अञ्चल नेताहरूलाई जान अपील गरिएको र दलको निर्देशलाई सबैले पालन गर्ने र उक्त कार्यक्रमको प्रोटोकललाई पालन गरिदिने आह्वान पनि गरिएको तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले जनाएका छन्।