रिङटोङमा श्रमिक गेट सभा सम्पन्न

रिङटोङमा श्रमिकले एरियर, ग्राचुटी, पी एफ गरेर लाखौं रुपियाँको कुनै हिसाब नभएर श्रमिकहरू बेहाल अनि आक्रोशित छन्।

रिङटोङ : हिजाे रिङटोङ चिया कमानमा हिल प्लान्टेशन एमप्लोयिज युनियनको एउटा श्रमिक गेट सभा सम्पन्न भएको थियो। जम्मै श्रमिकहरू काममा नगएर आज आफुले पाउनु पर्ने हक,न्युनतम हाजिरा अनि बाकाय राशि खोज्दै फ्याक्ट्री परिसरमा पुगेका थिए। एरियर, ग्राचुटी, पी एफ गरेर लाखौं रुपियाँको कुनै हिसाब नभएर श्रमिकहरू बेहाल अनि आक्रोशित छन्।

यस साल मार्चको महिनामा चार्टर अफ डिमान्ड बुझाएर धेरै कुराहरू निम्नलिखित हस्ताक्षरण भएतापनि म्यानेजमेन्ट अनि मालिक पक्षकोबाट कुनै ठोस पहल नभएपछि युनियनले आज म्यानेजमेन्टसँग एउटा मिटिङको डिमान्ड गरेको थियो। सोही अनुसार आज कमानमा कुनै पत्ती टिपाई भएन अनि बल्दो श्रमिक एकताले गर्दा आउँदो 13 तारीख जुलाई , 2024 को दिन दिउँसो 1 बजी HPEU -का प्रतिनिधि टोलीलाई मतिगडा स्थित टिपा ( तराई इन्डिया प्लान्टरस एशोसिएसन) को अफिसमा दुईपक्षीय सभा डाकिएको छ। उक्त मिटिङमा कमानमा प्रत्येक डिभिजनबाट हाम्रो युनियनको प्रतिनिधिहरू जानेछन् साथै आफ्नु कुरा राख्ने छन्।

उक्त मिटिङमा के कसो निर्णय हुन्छ त्यो हेरेर युनियनले आउँदो दिनहरूमा अझै थप पहल गर्ने छ। मुसलधारे पानीमा पनि श्रमिकहरु उपस्थितिले श्रमीक आन्दोलनलाई थप उर्जा प्रधान गरेको छ ।

याे पनि हेर्नुस्


Leave a comment