बौद्ध धर्मगुरु टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चेद्वारा डुवर्सको कतिपय गुम्बाहरूको भ्रमण

सिक्किमका बौद्ध धर्मगुरु टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चे डुवर्समा

कालचिनीः सिक्किमका बौद्ध धर्मगुरु टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चेद्वारा शनिबार डुवर्सको बानरहाट, बीरपाडा, मेचपाडा र ८ नम्बरस्थित गुम्बाहरूको भ्रमण गरिएको जानकारी अखिल भारतीय गुरुङ तमु बौद्ध संघको पक्षबाट प्राप्त भएको छ। साँझपख मेचपाडा ८ नम्बरस्थित पेमा छ्योई फेलिङ गुम्बामा सागा दावा मोलम चलिरहेको क्रममा टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चेको आगमन भएको थियो भने तिनलाई श्रद्धालुहरूले श्रद्धापूर्वक गुम्बाभित्र प्रवेश गराएको थियो। सागा दावाको पूण्य महिनामा आफू डुवर्स क्षेत्रमा प्रथमपल्ट आएको र यहाँ आइपुग्दा यहाँको बौद्ध धर्म अनुयायीहरूलाई देखेर अनुप्रेरित भएको आफ्नो प्रवचनमा धर्मगुरु टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चेले बताए।

बौद्ध धर्मगुरु टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चे
बौद्ध धर्मगुरु टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चे


तिनले यस क्रममा मेचपाडा ८ नम्बरस्थित निर्माणाधीन गुरुङ बौद्ध मोनास्ट्री बुद्ध टेम्पलको पनि निरीक्षण गरेर गएको गुरुङ बौद्ध लामागुरु उमेश लामा गुरुङले जानकारी दिएका छन्। यता पेमा छ्योई फेलिङ गुम्बामा यसरी सागा दावाको पवित्र मोलम चलिरहेकोबिच घर्मगुरु टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चेको चरणकमलले गुम्बामा स्पर्श गर्दा सबै बौद्ध श्रद्धालु हर्षित भएको अनि तिनको आशीर्वाद पाएर धन्य भएको पेमा छ्योई फेलिङ गुम्बा कमिटीको सचिव राजमान बम्जनले जनाएका छन्। मेचपाडामा दर्शन र आशीर्वाद पश्चात घर्मगुरु टुल्कु साङ्ग्ये योन्तेन ग्यासो रेम्पोर्चे जयगाउँतर्फ प्रस्थान भएको र त्यहीँ तिनको रात्रिवास हुने गुरुङ तमु बौद्ध संघ सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्

Amazon

Blaupunkt BTW100 LITE in Ear TWS Bluetooth Earbuds 

Blaupunkt BTW100 LITE in Ear TWS Bluetooth Earbuds I HD Sound I Gaming Mode I Low Latency I 30H Playtime* I TurboVolt Charging I BT Version 5.3 I Intuitive Touch Controls (Blue)

Buy Now

Leave a comment