डुवर्स ब्राह्मण समाजद्वारा अशक्त परिवारलाई सहयोग

दलसिंहपाडा : दलसिंहपाडा रणबहादुर बस्तीस्थित कमल विश्वका नाती उज्ज्वल विश्वको केही महिनाअघि दुईवटा खुट्टा भाँचिएर अस्पतालमा उपचारधीन रहेका थिए। कमल विश्वको परिवारमा पनि सबै बिमारी रहेको हुँदा दलसिंहपाडा रणबहादुर ग्राम उन्यायन कमिटीको तर्फबाट केही राशि र लत्त कपडाले सहयोग गरेका थिए भने त्यस खबरलाई माटोकुरी डिजिटलले प्रसारण गरेका थिए। त्यसै खबरको आधारमा नै विभिन्न ठाउँबाट उज्ज्वल विश्व लगायत उनका परिवारलाई सहयोग गर्न संघसंस्थाहरू अघि आएका थिए। यसै सिलसिलामा आज डुवर्स ब्राह्मण समाज पनि उज्ज्वल विश्व साथै परिवारलाई सहयोग गर्न अघि आएका छन्। डुवर्सका विभिन्न ब्राह्मणहरू उज्ज्वल विश्वकर्माको खबर सुनेर सहयोग गर्न अघि आएका छन् भने आज डुवर्सका विभिन्न ठाउँबाट ब्राह्मणहरूले यथाशक्ति राशि सङ्कलन गरी जम्माजम्मी १७ हजार २ सय सहयोग स्वरूप अशक्त परिवारलाई प्रदान गरेका थिए। डुवर्स ब्राह्मण समाजलाई नेतृत्व रोहित शर्माले गरेका थिए। गाउँको पक्षमा पञ्चायत समिति महेन्द्र धमला, मिलन छेत्री लगायत गाउँका अन्य गाउँलेहरू उपस्थित थिए।

यो पनि हेर्नुहोस्


Leave a comment