गोरुबथान गोर्खे हाट २१ मार्चदेखि शुरु हुने

गोरुबथानः पहाडकै हेरिटेज हाट गोरुबथानस्थित सोमबारे बजारको शताब्दी पुरानो गरिमामय इतिहासलाई थप कसी लगाउन आगामी २१ मार्च २०२४, बिहीबारदेखि गोरुबथान गोर्खे हाट शुरु हुन गइरहेको छ। आज बसिएको सभाले यस निर्णयमाथि मोहर लगाएको छ। आयोजक कमिटीका अध्यक्ष तथा गोरुबथान ग्राम पञ्चायत एकका प्रधान निमा तामाङको सभापतित्वमा बसिएको सभाले यहाँको सोमबारे बजारमा २१ मार्चदेखि एक कार्यक्रमबीच गोरुबथान गोर्खे हाट शुभारम्भ गरिने प्रस्ताव लिएको छ। गोर्खे हाट स्थानीय व्यवसायीहरूलाई मञ्च प्रदान गर्न, प्रोत्साहन दिनु मात्र नभएर यसले गोर्खा जातिको परम्परा, संस्कृतिको जगेरासितै सम्बर्द्धन गर्नु पनि गोरुबथानमा शुरु गरिएको आयोजक कमिटीको ठम्याइ छ। यस हाटलाई सांस्कृतिक रेनेसाकै रुपमा लिनुपर्ने विचार राख्दै कमिटीका मुख्य संयोजक पुरण राईले हाटमा पसल थाप्ने व्यवसायीहरूले आयोजक कमिटीको मापदण्ड, नियमहरू पालन गर्नुपर्ने अनुरोध गरेका छन्। व्यवसायी समिति, ग्राम पञ्चायत, गोरुबथान फ्युचर भिजन, गोरुबथान टुरिजम डेभलपमेण्ट सोसाइटी, गोरुबथान नागरिक समाजलगायतका पदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको सभामा कार्य विभाजन पनि गरियो। आजदेखि नै २१ मार्चदेखि शुरु हुने गोर्खे हाटमा पसल थाप्नेहरूको पञ्जीकरण पनि गरिने काम थालियो। यसको निम्ति व्यवसायी समितिका सचिव कृष्ण रसाइलीसित पञ्जीकरणको फाराम रहेकोले जो कोही व्यक्ति गोर्खे हाटमा पसल थाप्न इच्छुक भए सचिवसित सम्पर्क गरेर फारम लान सक्ने पनि सभामा जानकारी गराइयो।

गोरुबथान गोर्खे हाट २१ मार्चदेखि शुरु
गोरुबथान गोर्खे हाट २१ मार्चदेखि शुरु


२१ मार्चदेखि शुरु हुने गोर्खे हाटलाई सफल बनाउन आयोजक कमिटीले सम्पूर्ण गोरुबथानबासीलगायत वरिपरिका महानुभावहरूमा उपस्थितिको हार्दिक अनुरोध गरेको छ। २१ मार्च बिहान ९ बजीदेखि हाट औपचारिक रुपमा शुरु गरिनेछ। त्यसपछि प्रत्येक हप्ता बिहीबार सोमबारे बजारको हाट घरमा गोर्खे हाट लाग्नेछ। आयोजक कमिटीका मुख्य संयोजक पुरण राईले सञ्चालन गरेको सभालाई पञ्चायत प्रधान निमा तामाङ, गोरुबथान टुरिजम डेभलपमेण्ट सोसाइटीका अध्यक्ष श्याम थापा, व्यवसायी समितिका सचिव कृष्ण रसाइली, गोरुबथान नागरिक समाजको पक्षबाट सावहाङ राई आदिले सुझाव राखे। २१ मार्चदेखि शुरु हुने गोर्खे हाटको निम्ति आधिकारिक रूपमा विभागबाट लिनुपर्ने अनुमतिको कार्य पनि भइसकेको आयोजक पक्षबाट सभामा जानकारी गराइयो।

याे पनि हेर्नुस्

Leave a comment