आगलागीमा एउटा दोकान जलेर स्वाहा

आगलागीमा एउटा दोकान जलेर स्वाहा


कालचिनी : शुक्रबार राती हेमिल्टनगञ्ज बजारस्थित कालीबाड़ीको एउटा दोकानमा आगो लाग्दा उक्त दोकान जलेर स्वाहा भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्| प्राप्त जानकारीअनुसार शुक्रबार अबेर राती प्रायः १२.३० बजी कालीबाड़ी मैदान संलग्न रहेको गोबिन्दो भेराइटीज दोकानमा आगो लागेको थियो|

उक्त आगलागीमा दोकानको सम्पूर्ण बिक्री गर्न राखिएको समानहरू जलेर स्वाहा भए तापनि कसैको ज्यान भने नगएको बताइएको छ| उक्त आगलागीमा प्रायः ८ लाखको सम्पत्ति नष्ट भएको पीड़ित व्यावसायी परिवारले जनाएका छन्| आगो नियन्त्रणमा ल्याउन दमकलका एउटा इञ्जिन सफल भएको थियो भने संलग्न दोकान र घरहरू सुरक्षित भएको स्थानीय तृणमूल नेता परिमल सरकारले जनाएको छ|

याे पनि हेर्नुस्


Leave a comment