अलिपुरद्वार जिल्ला पुलिस अधीक्षकलाई ज्ञापन
कालचिनीः सीपीआईएम अलिपुरद्वारका जिल्ला नेताहरूले सोमबार बिहान लगभग ११ बजी अलिपुरद्वारको जिल्ला पुलिस अधीक्षकलाई भेटे।
ज्ञात रहोस् गत मङ्गलबार बिहान सात बजे बेपत्ता भएकी सात वर्षीया बालिकाको आधा जलेको शव जयगाउँ क्षेत्रमा फेला परेको थियो। अभियुक्तले नाबालिकालाई दुष्कर्मपछि हत्या गरी शवलाई जलाएर नष्ट गर्ने प्रयास गरेका थिए। अहिलेसम्म घटनाका मुख्य अभियुक्तसहित ४ जना पक्राउ परेका छन् भने माकपाका जिल्ला सचिव किशोर दास र सिटुका जिल्ला सचिव गणेश महलीलगायत जिल्लाका नेताहरूले जिल्लाका पुलिस अधीक्षक वाई रघुवंशीलाई भेटेर दोषीलाई दण्डनीय सजायको माग गर्दै जिल्लामा हुने विभिन्न आपराधिक गतिविधिलाई नियन्त्रण गर्न माग गरेका छन्।