सनसारी माई पूजा सम्पन्न
दलसिंहपाड़ा : अखिल गोर्खा खस जनजाति महासंघ भिजन भारतद्वारा जयगाउँ थाना अन्तर्गत दलसिंहपाड़ास्थित तोर्सा खोलाको किनारमा आयोजित श्री श्री सनसारी माई पूजा भव्य रूपमा सम्पन्न भएको छ| डुवर्स क्षेत्रका विविध जाति समुदायबिचको एकता झल्काउने सांस्कृतिक उत्सवको रूपमा यो पूजा प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ| आयोजक समितिअनुसार,यस पूजाको प्रमुख उद्देश्य विभिन्न खस जातिहरूबिचको सहकार्य अभिवृद्धि गर्नुका साथै सामाजिक शान्ति स्थापना गर्नु हो|
पूजामा सम्पूर्ण देवीदेवता र प्रकृतिको समेत आराधना गरिन्छ| यसअघि पहिलोपटक सम्पन्न भएको सनसारी माई पूजा यस वर्ष दोस्रो पटक दलसिंहपाड़ास्थित तोर्सा खोलाको किनारमा आयोजना गरिएको हो| कार्यक्रममा डुवर्स क्षेत्रका विभिन्न स्थानबाट सहभागी खस समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो| पूजाको अवसरमा विविध लोक गीत तथा नृत्यहरू प्रस्तुत गरी सांस्कृतिक माहोल थप समृद्ध बनाइएको थियो|
याे पनि हेर्नुस्
