गुडिरहेकाे बसमा भीषण आगलागी

गुडिरहेकाे बसमा भीषण आगलागी



मैनागढीः यात्रीले भरिएको उत्तर बङ्ग राज्य परिवहन निगमको गुडिरहेको बसमा आगलागीको घटनाले यात्रीहरूमा ठूलो आतङ्क फैलिएको थियो| घटना आज सोमबार बिहान मैनागढी शहरको सुभाषनगर क्षेत्रमा मैनागढी जलपाइगढ़ी राज्य राजमार्गमा भएको हो| प्राप्त जानकारीअनुसार उक्त बस मालबजार डिपोको थियो| यसदिन जलपाइगढी डिपोबाट यात्रीहरू लिएर बस मालबजारतर्फ गइरहेको थियो| तर मैनागढी पुग्नेबित्तिकै अचानक बसबाट धुँवा निस्किन थाल्यो| केही क्षणमै बसमा आगोले बिकराल रुप लियो| आगलागी भएको थाह लाग्नसाथ यात्रीहरू आतङ्कित बनेर हतारहतार बसबाट झर्न खोज्दा २ जना महिलासहित केही यात्री घाइते भएका छन्| आगलागीका कारण बस चालकसमेत घाइते भएका छन्| केही यात्रीहरू बसको झ्यालबाट हाम फालेर आफ्नो ज्यान जोगाउन सफल भएका थिए|घटनाको खबर पाए लगत्तै मैनागढी अग्निशमन केन्द्रका कर्मचारीहरू घटनास्थलमा पुगेर अथक प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याउन सफन बनेका थिए| त्यसपछि मैनागढी थाना पुलिसले घाइतेहरूलाई उद्दार गरी अस्पताल पठाएको थियो| आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ| बसमा लगभग ५५ जना यात्रीहरू सवार थिए|

याे पनि हेर्नुस्


Leave a comment