जयगाउँ कलेजको शैक्षिक भ्रमण सम्पन्न
जयगाउँ : जयगाउँ ननी भट्टाचार्य स्मारक महाविद्यालयको हिन्दी विभाग र नेपाली विभागको तत्वावधानमा टोटोपाड़ा शैक्षिक भ्रमण सम्पन्न भयो| अध्यनको दायरा कक्षा कोठासम्म सीमित नराखी प्रत्यक्ष रुपमा अनुभव गर्नु कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने कुरा प्रमाणित गर्न यो भ्रमण गरिएको हो| भ्रमण अवघि टोटोपाड़ामा पद्मश्री धनीराम टोटोसित पनि भेटघाट गरियो भने तिनले आफ्नो बहुमुल्य समय पनि विद्यार्थीहरूलाई दिए|
यस भ्रमणले हामीलाई केवल ज्ञान मात्र होइन, साथीबिचको सम्बन्ध अझ प्रगाढ़ बनाउने मौका पनि दिएका छन् भनी विद्यार्थीहरूले मन्तव्य प्रकट गरेका छन्| डा. विनयकुमार पटेल अनि विभागाध्यक्ष डा.सरोजकुमारी शर्माको विद्यार्थीहरूलाई केही सिकाउने हुटहुटीले यो भ्रमण सम्पन्न हुन सफल भएको छ भनी सहप्राध्यापक दिव्या ढुङ्गानाले जानकारी गराएकी छन्|
याे पनि हेर्नुस्
